दफा १५९
माथवरले सम्पत्ति जिम्मा लिनु पर्ने

(१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्ति जिम्मा लिई सोको व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ ।
(२) माथवरले आफूले जिम्मा लिएको सम्पत्तिबाट आफ्नो माथवरीमा रहेको व्यक्तिलाई सम्भव भएसम्म निजको हैसियत अनुसार पालनपोषण तथा शिक्षा दिक्षा र औषधि उपचारको व्यवस्था गर्नु पर्नेछ ।